मिथिला बिहारी न.पा. वडा नं ०१, भुतही पटेर्वामा मधेश प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित रु ५०,००,००० (पचास लाख) को बजेटबाट निर्माण भइरहेको मुख्य सडक ढलान कार्यमा गम्भीर अनियमितता देखिएको छ। श्री राम जानकी युवा क्लब परिवारहरूले ठेकेदार र उपभोक्ता समितिसँगको सोधपुछमा योजना सम्बन्धी कुनै पनि हुदिङ बोर्ड, एस्टिमेट कागजात नदेखाइएको जानकारी दिएका छन्।

त्यसैगरी, काम अझै ६०% मात्र सम्पन्न भएको अवस्थामा उपभोक्ता समितिबाट १००% सम्पन्नको पत्र काटिएको पत्ता लागेको छ। ढलान कार्यमा पोखरीको फोहोर पानी प्रयोग भएको र सावधानी नअपनाउँदा गुणस्तरमा कमजोरी देखिएको स्थानियहरूको भनाइ छ। यति स्पष्ट अनियमिता देखिए पनि स्थानीय जनप्रतिनिधि र सामाजिक बुद्धिजीवीहरूको मौनता थप प्रश्न उठाउने विषय बनेको छ।
अब यस्ता गलत अभ्यासहरूको मूल्याङ्कन जनसमुदायले आफैँ गर्नेछ – उत्तरदायित्व र पारदर्शिताको माग गर्दै।


Doing Great Sir 👍😊🫵🙏