२०८२ असोज २६
रामबाबु सहनी रौतहट
रौतहट :- जनता समाजवादी पार्टी नेपालका युवा नेता रामकुमार दास तात्माले पार्टीको मधेश प्रदेश उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छ।
यही असोज २७ र २८ गते हुन् गइरहेको जनता समाजवादी पार्टी नेपालको प्रथम मधेश प्रदेश अधिवेशनमा प्रदेश उपाध्यक्षमा आफू चुनाव लड्ने युवा नेता दासले घोषणा गरेको छ।
जसपा नेपालको रौतहट जिल्ला सह इन्चार्ज देखि पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै पार्टीका लागि विगत लामोसमयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका दास जसपा नेपालका युवा क्रान्तिकारी नेता राजकुमार दास यसपटक मधेश प्रदेशको उपाध्यक्ष पदमा चुनाव लड्ने इच्छा देखाएका छन्।
मधेश प्रदेशको राजनीतिक वृत्तमा नयाँ उत्साह थप्दै एक प्रभावशाली तथा लगशिल युवा नेता दासले पार्टीको मधेश प्रदेश उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै दासले पार्टीलाई बलियो बनाउने र मधेशी जनताको हक, अधिकार र विकासका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता दासले व्यक्त गरेका छन्।
नेता दासले भने, “मधेशको समस्या, जनताको पीडा र विकासको अधुरो सपना पूरा गर्नको लागि संस्थागत नेतृत्व आवश्यक छ। पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो बनाउँदै युवाको सहभागिता सुनिश्चित गर्न म उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हु युवा नेता दासले जानकारी दिए।उनले आफ्नो एजेन्डा प्रस्तुत गर्दै पाँचवटा मुख्य मुद्दामा जोड दिने बताए ।
पार्टीभित्र पारदर्शिता र जवाफदेहिताको विकास, मधेशी जनताको अधिकार सुनिश्चित गर्न बलियो नीतिगत पैरवी, युवा र महिलाको राजनीतिक सहभागिता विस्तार, सीमावर्ती क्षेत्रमा विकास र सुरक्षाका लागि प्रभावकारी पहल, प्रदेश र केन्द्रबीच समन्वयमा भूमिका खेल्ने दृढ इच्छा आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए ।
पार्टीभित्र विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका दासले विगतमा स्थानीय स्तरदेखि प्रदेशसम्मको संगठन निर्माणमा योगदान पुर्याइसकेका छन् भने पार्टीका केही नेताहरूले उनको उम्मेदवारीलाई स्वागत गर्दै परिवर्तनको पक्षमा सकारात्मक सन्देश दिएको दासले बताएका छन्।
एक प्रदेश समिति सदस्यले भने, “हामीलाई अब युवा नेतृत्व आवश्यक छ। उहाँ जस्तो कर्मठ र समर्पित व्यक्ति उपाध्यक्ष पदमा आएमा पार्टी अझ सुदृढ हुनेछ।”
प्रदेश उपाध्यक्ष चुनावका लागि उनले अहिलेबाटै जिल्ला–जिल्ला भ्रमण, कार्यकर्ता भेटघाट र नीति संवाद सुरु गरिसकेका छन्।
उनी चुनावी रणनीति बनाउँदै पार्टीभित्र आन्तरिक सुदृढीकरण र मधेश प्रदेशमा पार्टीको प्रभावशाली उपस्थितिका लागि पहलकदमी लिइरहेका छन् । नेता दासले अन्त्यमा भने, “यो पद मेरो लागि शक्ति होइन, सेवा गर्ने माध्यम हो।
म पार्टी, प्रदेश र जनताको बीचमा सेतु बन्न चाहन्छु। मधेश परिवर्तनको दिशामा अघि बढ्न सक्छ, यदि हामी सबै मिलेर प्रयत्न गर्यौं भने।”
यस उम्मेदवारी घोषणाले मधेश प्रदेशको आगामी पार्टी नेतृत्व प्रतिस्पर्धामा नयाँ गति ल्याउने युवा नेता राजकुमार दास तात्माले अपेक्षा गरिएको छ।
