रौतहट जिल्ल्को वृन्दावन नगरपालिका–९ भुसाहामा सोमबार राति घटेको रहस्यमय घटना आज बाहिर आएको छ।
भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई विभत्स तरिकाले हत्या गरी घरमै खाल्डो खनि गाडिएको अवस्थामा शव प्रहरीले फेला पारेको छ।
विदेशी रोजगारको शिल शिलामा साउदी अरबमा रहेका श्रीमानको अनुपस्थितिमा यस्तो नृशंस घटना घटेको भन्दै स्थानीय स्तरमा ठूलो चासो र रोष छाएको छ।
घटनापछि मृतकका ससुरा शेख अलि मोहम्मद सहित परिवारका सबै सदस्यहरू डेढ वर्षीय नाति मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरीले स्रोतले जनाएको छ।
