संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालमा जहाज अभावका कारण यात्रुहरूको माग अनुसार सेवा दिन नसकिएको बताएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सातवटै प्रदेशमा साना विमान सञ्चालन गर्ने र नयाँ जहाज पारदर्शी प्रक्रियामार्फत खरिद वा लिजमा ल्याउने गृहकार्य भइरहेको जानकारी दिए। साथै, विदेशमा उडान विस्तारका लागि मन्त्रालयले योजना बनाइरहेको उनले बताए।
