रामबाबु सहनी रौतहट
२०८२ मंसिर २९
सर्लाही :- जिल्लाको गोडैता नगरपालिका वडा न. ४, रोहुवा आज दिउँसो उखुबालीमा भीषण आगलागी भएको हो।
आगलागीबाट करिव ४५ देखि ७० बिघा क्षेत्रफलमा फैलिएको उखुबाली पूर्ण रूपमा जलेर नष्ट भएको अनुमान गरिएको नगर प्रमुख देबेन्द्र यादवले बताएका छन। आगलागीबाट करिब ३-४ करोड रुपैयाँ बराबरको क्षति भएको नगर प्रमुखले जानकारी दिएको छ।
नगर प्रमुख यादवले आगलागीबाट प्रभावित किसानहरूका लागि नेपाल सरकार तथा मधेश प्रदेश सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ। साथै, उनले सम्पूर्ण नगरवासीलाई आगलागीको जोखिम न्यूनीकरण गर्न बाटो तथा खेतबारी आसपास पराल, पत्थर वा ज्वलनशील वस्तु नराख्न अनुरोध समेत गरेका छन्।
आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्यसमेत अघि बढाइएको प्रहरी स्रोतले बताएका छन।
यसअघि खडेरी, त्यसपछि भीषण बाढी र अहिलेको आगलागीले स्थानीय किसानहरुको जीवनयापनमै गहिरो असर पारेको छ।
