गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित घटनाका कारण पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको छ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै उनलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देश दिएको हो।प्रसाईंमाथि उक्त प्रदर्शनका क्रममा सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न भएको अभियोग लगाइएको छ। अब यस मुद्दाको अन्तिम फैसलासम्म उनी थुनामा रहनेछन्।
