रामबाबु सहनी रौतहट २०८२ असार १
काठमाडौ :विभिन्न पार्टी परित्याग गरी युवाहरु आम जनता पार्टीमा प्रवेश गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई अध्यक्ष प्रभु साहले आफ्नो दलमा स्वागत गरेको थियो ।
यसरी आजपा प्रवेश गर्नेमा सप्तरी निवासी इन्जिनियर राधेश्याम मण्डल, प्रमेश्वर साह, रौतहटका हार्दिक साह, रमेशकुमार साह, सत्येन्द्र साह, विपुलेन्द्र सहनी, रोशन सहनी, सर्लाहीका विरेन्द्र साह, रामपृत राय यादव, पर्साका ओमप्रकाश साह लगायतका युवा नेताहरु रहेका छन् ।
