रामबाबु सहनी रौतहट
०२ असार २०८२
सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएको छ। सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
थापामाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी वन ऐनको उल्लङ्घन गरेको आरोप लागेको थियो ।
उनीमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्याएको आरोपमा १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको थियो
उक्त प्रकरणमा नगरप्रमुख थापासहित उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।
