रामबाबु सहनी रौतहट असार ५, २०८२
हेटाैंडा: मकवानपुरको थाहा नगरपालिका-१ स्थित कुन्छाल बस्तीमा ५५ वर्षीया महिलाको हत्या भएको छ।
बिहीबार दिउँसो अन्दाजी ५५ वर्षीया तुलुमाया गोपालीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। तुलुमायाको हत्या गरेर उनका देवर नाता पर्ने अन्दाजी ३५ वर्षीय विमलमान गोपालीले धारिलो हतियारसहित आँफै प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेको प्रहरीले बताए ।
तुलमायाको हत्या गरेर गोपाली हतियारसहित अपराह्न ३ः४० बजेतिरको समयमा ईलाका प्रहरी कार्यालय पालुङमा पुगेका थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइनसकेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।
