रामबाबु सहनी रौतहट
असार ६, २०८२ शुक्रबार
झापा : झापामा जंगली हात्तीको आक्रमणबाट घाइते भएका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-१ दुर्जन चौकका श्रेष्ठको गएराति ८.२० बजे घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिएको छ।
उनका अनुसार मेचीनगर नगरपालिका-१ दुर्जन चौकका श्रेष्ठलाई असार २ गते बिहान आफ्नै बारीमा एउटा जंगली हात्तीले आक्रमण गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि परिवारजनले बुधबार साँझ उनलाई अस्पतालबाट घर लिएर गएका थिए।
बुधवार साँझ पनि हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका १० फूलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका छन्। उनको उपचार भइरहेको छ।
