रामबाबु सहनी रौतहट
२०८२ असार १२
रौतहटको : गौर नगरपालिका वडा नम्बर १ भन्सार कार्यालय अगाडी विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममाNoophin, Cerejack, Phenargan ५०/५० एम्पुल गरी १५० एम्पुल लागुऔषधसहित एक युवक पक्राउ परेका छन।
पक्राउ पर्नेमा स्याङ्जा जिल्ला हरिबाश गाउँपालिका वडा नम्बर ४ बस्ने ३१ वर्षिय निल कुमार थापा मगर रहेको जिल्ला प्रहरी परिसर रौतहटले जनाएको छ।

भारतबाट नेपालतर्फ पैदल हिँडि आउँदै गरेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा झोल भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका छन।
उनलाई प्रहरीले लागू औषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिनुभयो।
