रामबाबु सहनी रौतहट २०८२ असार २९ रौतहट : गरुडा नगरपालिका वडा न.९ मा अवस्थित श्री माध्यमिक बिधालय नयाँ गम्हरिया श्रीपुर रौतहटमा १६ वर्षीय बालिकामाथि दुर्ववहार भएको छ।
गरुडा नगरपालिका वडा न.९ श्रीपुरमा अध्यनरत छात्रा यादवलाई सोही बिधालयमा कार्यरत शिक्षक रविन्द्र प्रसाद साहले आफ्नै छात्रालाई Congratulation My Jaan I love You लेखि म्यासेज पठाएका थिए । तर आज बिधालयमा नै दुर्ववहार गरेका थिए।
शिक्षक साह आम जनता पार्टीका भात्री संगठन आम महिला मोर्चाको केन्द्रीय अध्यक्षको श्रीमान रहेका छन।
छात्रामाथि भएको दुर्ववहारको विषयलाई लिएर बिद्यार्थीहरु तथा पीडित बालिका का परिवारजन बिधालय घेराउ गरि तोडफोड समेत गरेका छन ।
स्थिति नियन्त्रण गर्नका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरीलाई समेत परिचालन गरेका थिए ।बिद्यार्थीहरुको मास उग्ररूप लिएपछि आँसु ग्यास तथा लठ्ठी समेत प्रयोग गरेर स्थित नियन्त्रणमा लिएका थिए।
स्थित नियन्त्रणमा लिएर आरोपित शिक्षक रविन्द्र साहलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय गरुडामा थप अनुसन्धानको लागि पठाएको छ।
