मिति: २०८२/०४/९
पर्सा — पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजनालाई आज खानेपानी मन्त्री प्रदीप यादवले औपचारिक रूपमा उद्घाटन गरेका छन्।
करीब २१६५ जनसंख्या लाभान्वित हुने यस आयोजनामा ओभरहेड ट्यांकी, डीप ट्युबवेल, पम्प हाउस, कार्यालय भवन र पानी प्रशोधन केन्द्र समेटिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेश क्षेत्रमा फैलिएको जलसंकटलाई गम्भीरतापूर्वक लिँदै ८ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी गराए। साथै, उनले खानेपानी अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबीच आपसी सहकार्य आवश्यक रहेकोमा जोड दिए।
