रामबाबु सहनी रौतहट
९ साउन २०८२, बिहीबार
रौतहट:मौलापुर नगरपालिका–५ सोनरनिया निवासी पत्रकार राजकुमार यादवमाथि पूर्वमन्त्री तथा (आजपा) का अध्यक्ष प्रभु साहको निर्देशनमा हातपात तथा कुटपिट गरिएको पत्रकार यादवको आरोप ।
घटनामा पूर्वमन्त्री साहका छोरा विवेक साह, राजेश साहलगायतको समूह संगलन्ता रहेको छ। पीडित पत्रकार यादवले केही दिन यता मौलापुर नगरपालिकामा भइरहेको विकास निर्माणको काममा अनियमितता तथा भ्रष्टाचारको भण्डाफोर गर्दै आएका थिए।
विशेषगरी कालोपत्रे (डामर सडक) निर्माणमा गुणस्तरहीन काम भएको विषयमा उनले सामाजिक सञ्जालमार्फत रिपोर्टिङ गर्दै आएका थिए।
यिनै रिपोर्टहरूमार्फत पार्टीको छवि कमजोर हुने डरले पूर्वमन्त्री साहले कुटपिट गराएको पत्रकार राजकुमार यादवले जानकारी दिए । पत्रकार यादवमाथि सार्वजनिक स्थलमै गालीगलौज गर्दै हातपात गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्।
घटनापछि पत्रकार यादवले फेसबुक लाइभमार्फत आक्रोश पोख्दै दोषीहरूमाथि तत्काल कारबाहीको माग गरेका छन्।
उनले भने, “म जनताको पक्षमा बोल्दा, विकासको नाउँमा भइरहेको भ्रस्टाचारको पोल खोल्दा मलाई धम्की दिइयो, अनि आज हातपात समेत गरियो। यसले प्रेस स्वतन्त्रतामाथि संघातिक हमला भएको हो।
पत्रकार राजकुमार यादवलाई स्थानीय प्रशासनले उनलाई बचाएर जिल्ला प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पठाएको छ ।थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताए
